आईटी करियरको हब बन्दै सफ्टवेरिका, एआई शिक्षामा नयाँ अध्याय
ictsamachar.com

काठमाडौं । काठमाडौंको डिल्लीबजारस्थित सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई–कमर्स ले गुणस्तरीय सूचना प्रविधि शिक्षालाई व्यवहारिक र अन्तर्राष्ट्रियस्तरमा उन्मुख बनाउँदै आएको छ। सन् २०१० मा स्थापना भएको यो कलेजले सुरुका वर्षमा एनसीसी एजुकेसनअन्तर्गत डिप्लोमा कार्यक्रम सञ्चालन गर्दै आएको थियो भने सन् २०१८ मा बेलायतको कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन पाएपछि स्नातक र स्नातकोत्तर तहका कार्यक्रम अघि बढाएको हो ।
सुरूवाती समयमा कलेजले एनसीसी एजुकेसन भन्ने डिप्लोमा कार्यक्रमहरू सञ्चालन गर्थ्यो, जसलाई लेभल फोर, लेभल फाइभ भनिन्थ्यो । लेभल सिक्स विश्वविद्यालय अन्तर्गत पढेर विद्यार्थीहरू ग्राजुएट हुने गर्थे । यो क्रम सन् २०१७ सम्म चलिराख्यो । त्यसपछि सन् २०१८ मा सफ्टवेरिका कलेज कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)