भानु जयन्तीमा वार्तापत्र प्रस्तुत
baahrakhari.com · Fri Jul 17 06:11:26 GMT 2026

काठमाडौं । नेपाली लेखक संघ, कोशीले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती झापाको विर्तामोडमा मनाएको छ।
कार्यक्रममा साहित्यकार विवश पोखरेलले ‘कवि भानुभक्तको कवितामा वर्तमान सान्दर्भिकता’ विषयक वार्तापत्र प्रस्तुत गरे । वार्तापत्रमाथि साहित्यकारहरू लीला अधिकारी, पुण्य खरेल, सुभद्रा भट्टराई, केशु विरही र केशव आचार्यले टिप्पणी गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)