प्रत्येक १० मिनेटमा धुर्वे हात्तीको गतिविधि लिइँदै
baahrakhari.com · Fri Jul 17 06:12:00 GMT 2026

चितवन । पच्चीसजना मानिसको ज्यान लिएको धुर्वे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काटेपछि उसको गतिविधिमा निगरानी सुरु गरिएको छ । हात्तीमा रेडियो कलर जडान गरी प्रत्येक १० मिनेटमा सूचना लिन थालिएको हो ।
बिहीबार राति निकुञ्जको शुखिभार क्षेत्रमा डार्ट गरेर हात्तीमा रेडियो कलर जडान र दाह्रा काटिएको थियो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज बिहान धुर्वे हात्ती कसराको दक्षिणतर्फ तमोर ताल आसपासमा रहेको जानकारी प्राप्त भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)