बाढीबाट प्रभावित घाइतेहरूको काठमाडौँका १३ अस्पतालमा उपचार हुँदै
ratopati.com · Sat Aug 29 09:12:07 GMT 2026

काठमाडौँ । रसुवा भोटेकोशी बाढीमा परेर उद्धार गरी काठमाडौँ ल्याइएका घाइतेहरूको उपचारका लागि राजधानीका विभिन्न १३ वटा अस्पतालहरूमा व्यवस्था मिलाइएको छ । घाइतेहरूको शीघ्र उपचार तथा उनीहरूका आफन्तलाई सहज सूचना पहुँच पुर्याउने उद्देश्यले सम्बन्धित अस्पतालहरूको नामावली र सम्पर्क नम्बर सार्वजनिक गरिएको छ ।
जसअनुसार महाराजगन्जस्थित टिचिङ अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, महाबौद्धस्थित वीर अस्पताल, नेपाल मेडिकल कलेज, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल र बलम्बुस्थित एपीएफ अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)