रसुवा बाढी : चीनका विज्ञले भने हिमपहिरोबाट भग्नावशेषको प्रवाह, नेपालमा थप अध्ययनको आवश्यक
nagariknews.nagariknetwork.com · Sat Aug 29 08:59:06 GMT 2026

रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि नयाँ तथ्य सार्वजनिक भएको छ। चीनको प्राकृतिक स्रोत मन्त्रालयका विज्ञहरूले प्रारम्भिक अध्ययनका आधारमा यो विपद् हिमताल फुटेर आएको बाढी (जीएलओएफ) नभई उच्च उचाइमा गएको बरफको हिमपहिरोबाट सुरु भएको श्रृंखलाबद्ध प्राकृतिक विपद् भएको बताएका छन्।
चिनियाँ विज्ञका अनुसार उच्च उचाइमा रहेको बरफको ठूलो भाग अचानक खसेर तीव्र गतिमा तल झर्दा बाटोमा रहेका हिमनदीका भग्नावशेष, चट्टान र माटोसमेत बगाएको थियो। त्यसपछि उक्त प्रवाह उच्च गतिको भग्नावशेष प्रवाहमा परिणत हुँदै नदीमा प्रवेश गरेको र अन्ततः नेपालतर्फ फैलिएको उनीहरूको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)