लागूऔषधसहित दुई जना पक्राउ
barnanmedia.com · Fri Jul 17 06:33:24 GMT 2026

सिद्धार्थ राजमार्ग हुँदै यात्रुबाहक बसमा नियन्त्रित लागूऔषध बोकेर यात्रा गरिरहेका दुई जनालाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ ।
गल्याङ नगरपालिका–१ राम्दीस्थित सिद्धार्थ राजमार्गमा अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरी टोलीले नियमित सवारी जाँचका क्रममा बुटवलबाट गल्याङतर्फ आउँदै गरेको ग २ ख १९५२ नम्बरको यात्रुबाहक बस रोकेको थियो ।