दोस्रोपटक बजेट शून्यतामा सुदूरपश्चिम, सरकार आजदेखि ‘बेखर्ची’
shilapatra.com · Fri Jul 17 06:37:00 GMT 2026

सुदूरपश्चिम प्रदेश सरकार दोस्रोपटक बजेट शून्यतामा पुगेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेशसभामा पेस गरिएको बजेट असार मसान्तभित्र पारित हुन नसकेपछि शुक्रबारदेखि प्रदेश सरकार खर्च गर्न नसक्ने अवस्थामा पुगेको हो ।
प्रदेशले यसअघि पनि आर्थिक वर्ष २०८१/८२ मा दुई महिनासम्म बजेट शून्यता भोगेको थियो । यसपटक पनि सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच बजेटलाई लिएर चर्किएको विवाद अन्ततः गठबन्धन नै टुट्ने अवस्थामा पुगेपछि बजेट अलपत्र परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)