कार्यालय प्रयोजनका लागि नेपाल लाइफद्वारा वीरगञ्जमा ३३ करोड ७७ लाखको जग्गा खरिद
aarthiknews.com

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले पर्साको वीरगञ्ज महानगरपालिका–४ मा रहेको ८७.५३ धुर (१,४८२ वर्ग मिटर) क्षेत्रफलको जग्गा ३३ करोड ७७ लाख ५० हजार रुपैयाँमा खरिद गरेको छ । कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार होटेल मकालु प्रालिको नाममा रहेको कित्ता नम्बर २४, ६५, ६९, ७५, ७७, १४२ र १८५ को जग्गा खरिद गरिएको हो।
जग्गाको खरिद मूल्य ३२ करोड रुपैयाँ रहेको छ भने रजिष्ट्रेशन तथा नामसारी सेवा शुल्कबापत १ करोड ७७ लाख ५० हजार रुपैयाँ खर्च भएको छ। यससँगै कम्पनीको कुल लगानी ३३ करोड ७७ लाख ५० हजार रुपैयाँ पुगेको जनाएको छ। नेपाल लाइफले उक्त जग्गा कम्पनीको व्यावसायिक तथा कार्यालय प्रयोजनका लागि खरिद गरेको जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)