‘शिक्षा सेवा हो, अपराध होइन’ भन्दै शैक्षिक परामर्श व्यवसायी सडकमा, नयाँ नियमावली संशोधनको माग
kalakarmi.com · Fri Jul 17 06:53:53 GMT 2026

काठमाडौं– सरकारले हालै लागू गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ का विभिन्न प्रावधानप्रति असन्तुष्टि जनाउँदै शैक्षिक परामर्श व्यवसायीहरू शुक्रवारदेखि आन्दोलनमा उत्रिएका छन् । शैक्षिक परामर्श व्यवसायी संयुक्त संघर्ष समितिको नेतृत्वमा प्रारम्भ भएको आन्दोलनको पहिलो दिन काठमाडौंको पुतलीसडक क्षेत्रमा व्यवसायीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
प्लेकार्डसहित सडकमा उत्रिएका व्यवसायीहरूले ‘शिक्षा सेवा हो, अपराध होइन’, ‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’, ‘विद्यार्थीको भविष्य सुरक्षित बनाऔँ’, ‘अव्यावहारिक नियमावली खारेज गर’ लगायतका नाराबाजी गर्दै सरकारसँग नियमावली पुनरावलोकन गर्न माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)