विद्युत उत्पादन बढे पनि पूर्वाधार अभावले ६० प्रतिशत उद्योग अझै जेनेरेटरको भरमा - अध्यक्ष पाण्डे
arthasansar.com

नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले मुलुकमा विद्युत उत्पादन बढे पनि पर्याप्त पूर्वाधार नहुँदा उद्योगहरूले अझै सास्ती भोग्नुपरेको बताएका छन्। आर्थिक पत्रकार समाज (नाफिज) ले आयोजना गरेको ‘विद्युतीय पूर्वाधार निर्माणको चुनौती र अबको बाटो’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले उद्योग क्षेत्रमा अझैपनि लोडसेडिङ भइरहेको बताए ।
पछिल्लो समय जलविद्युत उत्पादन ३ हजार मेगावाट पुग्नु र त्यसमा निजी क्षेत्रको ८० प्रतिशतभन्दा बढी योगदान हुनु सकारात्मक भएपनि वितरण र प्रसारण प्रणालीमा सुधार नहुँदा समस्या यथावत रहेको उल्लेख गरे । अध्यक्ष पाण्डेले परिसंघको ‘इन्डस्ट्रियल स्टेटस रिपोर्ट’ उद्धृत गर्दै भने, ‘अझै पनि ६० प्रतिशतभन्दा बढी उद्योगहरू जेनेरेटर प्रयोग गर्न बाध्य छन् । औद्योगिक क्षेत्रमा भोल्टेजको उतारचढाव र ट्रिपिङको समस्याले उत्पादन लागत बढाएको छ ।’ विद्युत उद्योगको प्रमुख कच्चा पदार्थ भएकोले यसको भरपर्दो र गुणस्तरीय आपूर्ति विना औद्योगिकीकरण सम्भव नभएको उनको तर्क थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)