हिमालय एयरलाइन्सले जेठ २१ देखि काठमाडौँ–शेन्जेन सिधा उडान गर्ने
aarthiknews.com

काठमाडौं। हिमालय एयरलाइन्सले नेपाल र चीनबीचको हवाई सम्पर्क विस्तार गर्दै काठमाडौँ–शेन्जेन–काठमाडौँ सिधा उडान सेवा सञ्चालन गर्ने भएको छ।
कम्पनीले जेठ २१ गतेदेखि चीनको प्रविधि तथा आर्थिक केन्द्रका रूपमा परिचित शेन्जेनसँग काठमाडौंलाई प्रत्यक्ष हवाई सेवामार्फत जोड्न लागेको हो। नयाँ सेवाअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र शेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलबीच सातामा दुई उडान सञ्चालन गरिने कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)