गत आर्थिक वर्षमा ८० प्रतिशत बजेट खर्च, राजस्व असुली ८३ प्रतिशत
canadanepal.com · Fri Jul 17 07:00:54 GMT 2026

काठमाडौं- गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको आम्दानी र खर्च दुवै लक्ष्यभन्दा कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आवमा वार्षिक लक्ष्यको ८३.५१ प्रतिशत आम्दानी र ८०.५५ प्रतिशत खर्च भएको देखिएको हो ।
सरकारले गत आवमा १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याएको थियो । असार मसान्तसम्ममा १५ खर्ब ८२ अर्ब १६ करोड ८२ लाख खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा देखिन्छ । चालु शीर्षकमा गत आव सरकारले ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन गरेकामा त्यसको ८८.४ प्रतिशत खर्च भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)