विष्णु पौडेलको बयान, ‘भट्ट र श्रीराम टोबाको उद्योगबिचको सम्बन्धमा म संलग्न छैन’
ratopati.com · Fri Jul 17 07:15:00 GMT 2026

काठमाडौं । पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोगपत्र दायर गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो मागदाबी गरेको छ।
असार ८ गते पक्राउ परेका पौडेलले आफ्नो पदको दुरुपयोग गरी व्यवसायी दीपक भट्टलाई श्रीराम टोबाको प्रालिको शेयर खरिदमा सहजीकरण गरेको अनुसन्धान निष्कर्ष छ। पौडेलले अनुसन्धान अधिकृतहरूसँगको बयानमा श्रीराम टोबाको उद्योग प्रालिको २० प्रतिशत शेयर दीपक भट्टको कम्पनीलाई दिनु नभनेको जिकिर गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)