दुर्गम हिमाली बस्तीमा नेपाल टेलिकमको फोर जी विस्तार, मुगुको सोरु तथा बाजुराको बिच्छ्या–कुवाडीमा सेवा सञ्चालन
kalakarmi.com · Fri Jul 17 07:11:13 GMT 2026

काठमाडौं– नेपाल टेलिकमले दुर्गम हिमाली क्षेत्रका नागरिकलाई आधुनिक दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने अभियानअन्तर्गत मुगु र बाजुराका दुर्गम बस्तीमा फोर जी (४जी) सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले मुगु जिल्लाको सोरु गाउँपालिका–६ सोरुकोट तथा बाजुरा जिल्लाको हिमाली गाउँपालिका–१ बिच्छ्या तथा वडा नं. ५ कुवाडी क्षेत्रमा ४जी सेवा विस्तार गरेको हो ।
सोरुकोटमा आयोजित सेवा शुभारम्भ कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, नेपाल टेलिकमका प्राविधिक कर्मचारी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र उपाध्यक्ष केशरबहादुर शाहीले दुर्गम क्षेत्रमा आधुनिक सञ्चार सेवाको विस्तार ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै सेवाको दीगो सञ्चालन, संरक्षण तथा आवश्यकता अनुसार थप क्षमता विस्तारका लागि गाउँपालिकाले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)