तीन महिनाभित्र २० हजारभन्दा बढी इबोला संक्रमित हुने चेतावनी
hamrakura.com · Sat Jun 06 00:00:00 GMT 2026
काठमाडौँ । अफ्रिकी मुलुक कङ्गो लोकतान्त्रिक गणतन्त्रमा फैलिएको इबोला महामारीले गम्भीर रूप लिँदै गएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सार्वजनिक गरेको पछिल्लो विश्लेषणअनुसार संक्रमित व्यक्तिहरूलाई समयमै पहिचान गरी अलग राख्ने (आइसोलेट) कार्य प्रभावकारी हुन नसकेमा आगामी तीन महिनाभित्र संक्रमितको सङ्ख्या २० हजारभन्दा बढी पुग्न सक्ने उच्च जोखिम रहेको छ । केन्द्रका अनुसार हालको कमजोर नियन्त्रण अवस्थालाई नै निरन्तरता दिइएमा संक्रमितको सङ्ख्या २० हजार नाघ्ने सम्भावना ६५ प्रतिशतसम्म रहेको छ ।
विशेषज्ञहरूले इबोला संक्रमितलाई छिटो पहिचान गरी उपचार केन्द्रमा अलग राख्नु नै महामारी नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन् । तर प्रभावित क्षेत्रहरूमा स्वास्थ्य सेवाको पहुँच सीमित हुनु, जनशक्तिको अभाव तथा असुरक्षाका कारण संक्रमितहरूको वास्तविक सङ्ख्या यकिन गर्न कठिन भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)