वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ
kendrabindu.com · Tue Jun 02 02:13:00 GMT 2026

काठमाडौं । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई प्रहरीले पक्राउ गरेको छ। पर्साको ठोरी एरियाबाट आज बिहान उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
ठोरीमा लुकीछिपी बस्दै गरेको अवस्थामा विशेष सूचनाको आधारमा गरिएको अप्रेशनबाट मेयर सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले जानकारी दिए। जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको ८ दिन पछि सिंह पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)