त्रिवि शिक्षण अस्पतालबाट २५ घाइते डिस्चार्ज, २८ जनाको उपचार हुँदै
ratopati.com · Sat Aug 29 09:17:17 GMT 2026

काठमाडौँ । त्रिवि शिक्षण अस्पतालमा हालै आएको भीषण बाढी पहिरोमा परी घाइते भएकाहरूमध्ये २५ जना उपचारपछि डिस्चार्ज भएका छन् । त्रिवि शिक्षण अस्पतालले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार ५६ जना बाढी पहिरो पीडित बिरामी अस्पतालमा भर्ना भएका थिए ।
अस्पताल प्रशासनका अनुसार भर्ना भएका कुल ५६ जना बिरामीमध्ये २५ जना निको भएर घर फर्किसकेका छन् । यस्तै उपचारकै क्रममा २५ वर्षीय कुशल मगरको निधन भएको छ । हाल अस्पतालका विभिन्न वार्ड, आइसियु तथा अब्जर्भेसनमा गरी २८ जना घाइतेहरूको उपचार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)