दुर्लभ खनिज पदार्थमा चीनको प्रतिबन्ध, विश्वव्यापी उत्पादनमा ६५ खर्ब डलरको जोखिम
clickmandu.com · Fri Jul 17 07:29:20 GMT 2026

एजेन्सी । अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) ले दुर्लभ खनिज र महत्त्वपूर्ण खनिजहरूबारेको आफ्नो प्रतिवेदनमा चेतावनी दिँदै चीनले दुर्लभ खनिज पदार्थको निर्यातमा लगाएको प्रतिबन्ध पूर्ण रूपमा कार्यान्वयन गरेमा चीन बाहिर हुने वार्षिक ६५ खर्ब डलर बराबरको उत्पादन जोखिममा पर्न सक्ने बताएको छ ।
यस कमजोरीलाई सम्बोधन गर्न प्रतिवेदनले ११ वटा उच्च जोखिमयुक्त सामग्रीहरूको बहुपक्षीय भण्डारण गर्न सुझाव दिएको छ । एजेन्सीका अनुसार, यसका लागि सुरुमा ९.२ अर्ब डलरको खरिद र वार्षिक ९०० करोड डलर खर्च हुनेछ । आपूर्ति अवरोधले निम्त्याउन सक्ने सम्भावित आर्थिक प्रभावको तुलनामा यो खर्च निकै कम भएको एजेन्सीको ठहर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)