विशिष्ट श्रेणीका २० सहित यस वर्ष २ हजार निजामती कर्मचारी अनिवार्य अवकाशमा
barnanmedia.com · Fri Jul 17 07:22:12 GMT 2026

काठमाडौं – नयाँ आर्थिक वर्ष २०८३/८४ मा विशिष्ट श्रेणीका २० जनासहित झन्डै २ हजार निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन्।
राष्ट्रिय किताबखाना (निजामती) ले सार्वजनिक गरेको अनुमानित विवरणअनुसार चालु आर्थिक वर्षभित्र १ हजार ९८५ कर्मचारी सेवाबाट निवृत्त हुनेछन्। हाल कार्यरत ९२ हजार ५२० निजामती कर्मचारीमध्ये उमेर हद (५८ वर्ष) वा पदावधि पूरा हुने आधारमा उनीहरू अनिवार्य अवकाशमा जान लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)