बागमती प्रदेशमा घट्यो मन्त्रालयको संख्या, को–को मन्त्रीले पाए विभागीय जिम्मेवारी ?
shilapatra.com · Fri Jul 17 07:39:00 GMT 2026

आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै बागमती प्रदेशमा मन्त्रालयको १४ बाट घटेर आठ कायम भएको छ । २२ वैशाखको प्रदेश मन्त्रिपरिषद्को निर्णयले मन्त्रालय संख्या घटाउने निर्णय गरेको थियो । मन्त्रालयको संख्या घटे पनि मन्त्रीको संख्या भने तत्काल नघट्ने भएको छ ।
आजदेखि बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय कायम रहनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)