लोमान्थाङमा च्याङ्ग्राको भुवा प्रशोधन केन्द्र स्थापना
deshsanchar.com · Mon Jun 17 17:15:13 UTC 2024

म्याग्दी – मुस्ताङको लोमान्थाङमा पश्मिनाको कच्चापदार्थका रुपमा प्रयोग हुने च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना भएको छ। नेपाल पश्मिना उद्योग सङ्घले लोमान्थाङमा सञ्चालन गरेको भुवा सङ्कलन केन्द्रमा प्रशोधन गर्ने उपकरण जडान गरेको हो। सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले पश्मिनाको गुणस्तर सुधार गर्न भुवाको धुलो र फोहर झार्ने (डिडस्टिङ) औजार जडान गरिएको बताए।
“किसानले सङ्कलन केन्द्रमा ल्याउने भुवालाई तत्कालै प्रशोधन गरेर काठमाडौँका उद्योगमा पठाउने व्यवस्था मिलाएका हौँ,” उनले भने, “काठमाडौँ लगेर भुवा प्रशोधन गर्दा तौल घट्ने र झन्झटिलो थियो। अबदेखि किसानले आफै भुवा प्रशोधन गरेर केन्द्रमा बेच्न सक्छन्।”
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)