जलन उपचारका स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
nagariknews.nagariknetwork.com · Fri Jul 17 07:24:16 GMT 2026

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपालमा जलन उपचार सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, उपचारका एकीकृत मापदण्ड लागू गर्ने तथा स्थानीयदेखि संघीय तहसम्म उपचार प्रणालीलाई सुदृढ बनाउने विषयमा विज्ञहरूसँग विस्तृत छलफल गरेकी छन्।
मन्त्री मेहतासँग नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर कीर्तिपुरका डा. किरण नकर्मी, डा. शंकरमान राई तथा जलन अभियान्ता उज्जल थापाले बिहीबार शिष्टाचार भेट गर्दै नेपालमा जलन उपचारको वर्तमान अवस्था, चुनौती र सुधारका प्राथमिकताबारे विस्तृत छलफल गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)