साउनले जगाएको आस्था र हरियो रौनक
nagariknews.nagariknetwork.com · Fri Jul 17 07:20:39 GMT 2026

धरान उपमहानगरपालिका-१६ का सुमना श्रेष्ठ साउन महिना सुरु भएसँगै हरियो चुरा र हरियो पोसाकमा सजिन्छिन्। उनले भनिन्, “अरूबेला जस्तोसुकै कपडा लगाए पनि साउन लागेपछि हरियो चुरा, हरियो कुर्ता लगाउने र हातमा मेहेन्दी लगाउने गर्छु। महिला साथीहरू हरियो शृङ्गारमा सजिएको देख्दा धर्म र संस्कृतिप्रतिको सम्मान अझ बढेको महसुस हुन्छ। साउने सोमबार व्रत बसेर हरियो चुरा लगाउँदा मनमा खुसी, आनन्द र शान्तिको अनुभूति हुन्छ।”
यो महिना महिलाहरूका लागि विशेष महत्त्व बोकेको महिना हो। हरियो चुरा, मेहेन्दी तथा हरियो र पहेँलो पहिरन सजावट वा फेसनका लागि मात्र नभई परम्परा, संस्कृति र धार्मिक आस्थासँग जोडिएको विषय हो। साउन सुरु भएपछि महिलामा छुट्टै उत्साह जाग्ने उनी बताउँछिन्। साउन सुरु भएसँगै देशका विभिन्न सहरमा हरियो चुरा, मेहेन्दी र सोमबारे व्रतको रौनक छाएको छ। परापूर्वकालदेखि चलिआएको यो परम्परा अहिले धार्मिक आस्थामा मात्र सीमित नरही आधुनिक फेसन, बजार अर्थतन्त्र र स्वास्थ्य सचेतनासँग पनि जोडिन थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)