फाइनल पुग्न यूएईले नेपाललाई दियो १०१ रनको लक्ष्य
annapurnapost.com · Fri Jul 17 07:47:35 GMT 2026
काठमाडौं : एसीसी वुमन्स यू१९ प्रिमियर कपमा यूएईले नेपाललाई फाइनल पुग्नको लागि १०१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। वायुमास क्रिकेट ओभलमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको यूएई १९.५ ओभरमा १०० रन बनाउँदै अलआउट भएको हो।
यूएईको लागि मेहुल कुलकर्नीले सर्वाधिक ३० रन बनाइन्। ओपनर लावन्या केनीले २५ रन बनाउँदा नेहा कुमारी १९ रनमा अविजित रहिन्। त्यसबाहेक अन्य ब्याटरको ब्याटबाट दोहोरो अंकमा रन बन्न सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)