मन्त्री गौरी यादवको कडाइः बक्यौता नतिर्ने उद्योगमाथि एक्सन, थप ५ उद्योगले तिरे भाडा
barnanmedia.com · Fri Jul 17 07:43:23 GMT 2026

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवको सक्रियता र कडा निर्देशनपछि वर्षौंदेखि सरकारी भाडा नतिरी सञ्चालनमा रहेका उद्योगहरूबाट बक्यौता रकम धमाधम उठ्न थालेको छ। मन्त्रालयले भाडा बक्यौता नतिर्ने उद्योगको विद्युत् तथा खानेपानी सेवा कटौती गर्ने निर्णय कार्यान्वयनमा ल्याएपछि उद्योगीहरू भाडा तिर्न बाध्य भएका हुन्।
मन्त्री यादवले सात दिनभित्र सम्पूर्ण बक्यौता चुक्ता नगर्ने उद्योगहरूको विद्युत् र खानेपानीको लाइन काट्न निर्देशन दिनुभएको थियो। उक्त निर्देशनपछि कारबाहीको दबाब बढेसँगै उद्योगहरूले बक्यौता रकम बुझाउन थालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)