गत आवमा फ्रिज भयो तीन खर्ब ८१ अर्ब बजेट, संशोधित लक्ष्य समेत पूरा गर्न सरकार असक्षम
corporatenepal.com · Fri Jul 17 07:53:30 GMT 2026

काठमाडौं । सरकारले गत आर्थिक बर्ष २०८२–८३ मा तीन खर्ब ८१ अर्ब ९४ करोड १८ लाख रूपियाँ बजेट खर्च गर्न नसकेको देखिएको छ । अर्थात्, सो बराबरको बजेट फ्रिज भएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको गत आवको खर्च र आम्दानी सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।
सरकारले गत आवमा १९ खर्ब ६४ अर्ब ११ करोड रूपियाँ खर्च गर्ने लक्ष्य लिएको थियो । त्यसमा १५ खर्ब ८२ अर्ब १६ करोड ८२ लाख रूपियाँ मात्रै खर्च भएको छ । यो लक्ष्यको ८०।५५ प्रतिशत हो । त्यसअनुसार सरकारले खर्च गर्न नसकेको बजेट तीन खर्ब ८१ अर्ब ९४ करोड १८ लाख रूपियाँ देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)