जिल्ला अस्पताल बैतडी ५० शय्यामा स्तरोन्नति हुने
gorkhapatraonline.com · Tue Jun 02 02:51:06 GMT 2026

सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पताल बैतडीलाई ५० शय्यामा स्तरोन्नति गर्ने भएको छ । प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बैतडीसहित पहाडी जिल्लाका अस्पताललाई २५ देखि ५० शय्यामा स्तरोन्नति गर्ने घोषणा गरेको हो ।
प्रदेश प्रमुख नजिर मियाँले प्रदेशसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा पहाडी जिल्लाका अस्पतालको सेवा विस्तार र स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)