साउन लागेसँगै हरियो शृङ्गार, शिवपूजा र बोलबम मेलाको रौनक
himalpress.com · Fri Jul 17 08:08:36 GMT 2026

सुनसरी- धरान उपमहानगरपालिका-१६ का सुमना श्रेष्ठ साउन महिना सुरु भएसँगै हरियो चुरा र हरियो पोसाकमा सजिन्छिन्। उनले भनिन्,‘अरूबेला जस्तोसुकै कपडा लगाए पनि साउन लागेपछि हरियो चुरा, हरियो कुर्ता लगाउने र हातमा मेहेन्दी लगाउने गर्छु। महिला साथीहरू हरियो शृङ्गारमा सजिएको देख्दा धर्म र संस्कृतिप्रतिको सम्मान अझ बढेको महसुस हुन्छ। साउने सोमबार व्रत बसेर हरियो चुरा लगाउँदा मनमा खुसी, आनन्द र शान्तिको अनुभूति हुन्छ।’
यो महिना महिलाहरूका लागि विशेष महत्व बोकेको महिना हो। हरियो चुरा, मेहेन्दी तथा हरियो र पहेँलो पहिरन सजावट वा फेसनका लागि मात्र नभई परम्परा, संस्कृति र धार्मिक आस्थासँग जोडिएको विषय हो। साउन सुरु भएपछि महिलामा छुट्टै उत्साह जाग्ने उनी बताउँछिन्। साउन महिना सुरु भएसँगै देशका विभिन्न स्थानका सहरमा हरियो चुरा, मेहेन्दी र सोमबारे व्रतको रौनक छाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)