सुदूरपश्चिममा गौरवका आयोजना आउँदो वर्ष सकिने गरी बजेट बनाइँदै
nepalpress.com · Tue Jun 02 02:57:33 GMT 2026

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आयोजना छनोट तथा प्रथमिकीकरण प्रक्रियालाई परिणामुखी बनाउन छनोटसम्बन्धी मापदण्ड र आयोजना बैंकलाई आधार लिई कार्यक्रम कार्यान्वयन गर्ने नीति लिएको छ ।
प्रदेशसभाको सोमबारको बैठकमा प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रममा सङ्घ र प्रदेशको चालु आवधिक योजना, आगामी दोस्रो पञ्चवर्षीय आयोजनाले निर्दिष्ट गरेका लक्ष्य र प्राथमिकता, पहिलो पञ्चवर्षीय योजना कार्यावन्वयनबाट प्राप्त उपलब्धिको आधारमा क्षेत्रगत आयोजनामा विनियोजन सन्तुलन गर्ने गरी आगामी आवको बजेट तथा कार्यक्रम तर्जुमा गर्ने विषयलाई प्राथमिकता दिइएको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)