एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
nagariknews.nagariknetwork.com · Fri Jul 17 08:09:07 GMT 2026

चितवनका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब टाइफस सङ्क्रमण देखिएको छ। गत आर्थिक वर्षमा जिल्लाका अस्पतालमा आएका बिरामीमध्ये ११ हजार ४१९ जनाको परीक्षणका क्रममा उनीहरुमा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो।
जनस्वास्थ्य कार्यालय चितवनका किटनियन्त्रक राम केसीका अनुसार सङ्क्रमितमध्ये ६२१ जना चितवनका छन्। जिल्लामा भेटिएका सङ्क्रमितमध्ये रत्ननगर नगरपालिकाका २४६ जना, खैरहनी नगरपालिका ११७ जना र भरतपुर महानगरपालिकाका ९० जनामा यो रोगको सङ्क्रमण देखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)