पूर्वाधार विकासमन्त्री लम्सालद्वारा सेती पुल निरीक्षण
gorkhapatraonline.com · Tue Jun 02 03:12:53 GMT 2026

पूर्वाधार विकासमन्त्री सुनील लम्सालले पोखरा पृथ्वी चोकस्थित सेती नदीमाथि निर्माणाधीन सेती पुलको सोमबार निरीक्षण गर्नुभएको छ ।
मन्त्री लम्सालले पछिल्लो पटक थप गरिएको समयावधि आगामी फागुन २१ गतेभित्रै काम सम्पन्न गर्न निर्देशनसमेत दिनुभयो । उहाँले भन्नुभयो, “काममा केही समस्या भए जानकारी गराउनू, पूर्वाधार निर्माण तोकिएको समयमै सकिनु पर्छ । ढिलासुस्ती हुनुहुँदैन । अब तोकिएको समयभित्रै काम गर्नुहोला ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)