वीरगंज महानगरका मेयर राजेशमान सिंह पक्राउ
nepalsamaya.com · Tue Jun 02 03:16:29 GMT 2026

पर्सा- वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई पक्राउ गरिएको छ। पर्सा जिल्ला अदालतबाट लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको १० दिनपछि आज उनलाई पर्साको ठोरीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजु कार्कीले लुकीछिपी बसेका नगरप्रमुख सिंहलाई ठोरीबाट पक्राउ गरिएको पुष्टि गरे। ‘हामीले उहाँको खोजीका लागि विशेष टोली परिचालन गरेका थियौँ, यसैक्रममा ठोरीमा लुकिछिपी बसेको अवस्थामा आज पक्राउ गरिएको हो। नगरप्रमुख सिंहलाई सम्भवत् आजै अदालतमा पेस गर्नेछौँ’, उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)