कर्णालीका प्रमुख सडकको अनुगमनमा निस्किए पूर्वाधारमन्त्री लम्साल
shilapatra.com · Fri Jul 17 08:24:00 GMT 2026

संघीय सरकारका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली प्रदेशका प्रमुख सडकको अनुगमनमा निस्किएका छन् । कर्णालीलगायतका राजमार्गको अनुगमनका लागि शुक्रबार सुर्खेत आएका मन्त्री लम्साल आजै कर्णाली राजमार्गको अनुगमनमा निस्किएका हुन् ।
आज उनले कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–दैलेख–कालीकोट खण्डको अनुगमन गर्नेछन । प्रतिनिधिसभा सदस्य रमेशकुमार सापकोटाका अनुसार मन्त्री लम्सालले सुर्खेत, दैलेख, कालीकोट हुँदै जुम्ला–कालीकोट सिमाना नाग्मसम्म कर्णाली राजमार्गको अनुमगन गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)