स्पेनका स्टार यमालको बायाँ तिघ्रामा ब्यान्डेज, फाइनलअघि फिट होलान् ?
shilapatra.com · Fri Jul 17 08:38:48 GMT 2026
फिफा विश्वकप २०२६ को आइतबार हुने फाइनलमा अर्जेन्टिनासँग भिड्न तयारी गरिरहेको स्पेनका लागि स्टार खेलाडी लामिन यमालको फिटनेस ठूलो चासोको विषय बनेको छ । फ्रान्सविरुद्धको सेमिफाइनलपछि उनी लडखडाउँदै मैदानबाट बाहिरिएका थिए भने बिहीबारको प्रशिक्षणमा पनि उनले पूर्ण रूपमा सहभागिता जनाएनन् ।
स्पेनको प्रशिक्षण सत्रमा यमाल उपस्थित भए पनि उनले केवल हल्का स्ट्रेचिङ गरेका थिए । पासिङ र अन्य मुख्य अभ्यासमा भने उनी सहभागी भएनन् । उनको बायाँ तिघ्रामा ब्यान्डेज लगाइएको देखिएको थियो, जसले चोटबारे थप अड्कलबाजी बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)