स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको प्रस्तावित संगठन संरचनाको प्रारम्भिक ड्राफ्ट : १२ औं तहका अतिरिक्त सचिव ‘आउट’
swasthyakhabar.com · Fri Jul 17 08:49:14 GMT 2026

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको प्रस्तावित संगठन संरचनामा हाल कायम रहेको १२ औं तहको अतिरिक्त सचिव पद हटाउने प्रस्ताव गरिएको छ। नयाँ संरचनाअनुसार मन्त्रालयको नेतृत्व सचिवले गर्ने व्यवस्था राखिएको छ भने सचिवमुनि तीनवटा महाशाखा र स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई रहने प्रस्ताव गरिएको छ।
हाल मन्त्रालयमा १२ औं तहको अतिरिक्त सचिवको दरबन्दी रहेको छ। उक्त दरबन्दीमा डा. संगिता कौशल मिश्र र डा. श्रीकृष्ण श्रेष्ठ कार्यरत छन्। तर प्रस्तावित नयाँ संगठन संरचनामा अतिरिक्त सचिवको कुनै व्यवस्था नराखिएकाले यो पद संरचनाबाट हट्ने देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)