ओझेलमा धर्मदेवी मन्दिर र लेगुवा झरना
gorkhapatraonline.com · Tue Jun 02 03:40:07 GMT 2026

हिले, जेठ १९ गते । पूर्वको प्रसिद्ध छिन्ताङदेवीको दिदी मानिने धर्मदेवी मन्दिर, तीन वटा आकर्षक झरना र याक्खा संस्कृतिको अनुपम सङ्गम रहेको धनकुटाको माझगाउँमा सम्भावनायुक्त पर्यटकीय गन्तव्य रहेको छ तर सडक, पूर्वाधार र प्रचारप्रसारको अभावले महालक्ष्मी नगरपालिका–२ रहेको यो क्षेत्र ओझेलमा परेको छ । छिन्ताङ मन्दिरमा दैनिक सयौँ भक्तजन पुग्दा धर्मदेवीमा भने स्थानीयबाहेकका भक्तजन पुग्ने गरेका छैनन् ।
धार्मिक मान्यता अनुसार धर्मदेवी जेठी, हुम्बुङ माहिली र छिन्ताङदेवी कान्छी देवीका रूपमा मानिन्छ र त्यही अनुसार सुरुमा बिहान धर्मदेवीमा, दिउँसो हुम्बुङ र साँझमा छिन्ताङदेवीमा पूजाआजा गर्ने तथा गर्नुपर्ने प्रचलन रहिआएको छ । यहाँ पूजाआजा गरी वर मागे पूरा हुने विश्वास छ । त्यस्तै विभिन्न अवस्थामा भाकल गर्ने र पछि गएर भाकल छिन्ने प्रचलनसमेत रहिआएको स्थानीय युवेन तुम्बा बताउनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)