बाढी प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन
gorkhapatraonline.com · Thu Aug 27 10:33:39 GMT 2026

सरकारले बाढी प्रभावित क्षेत्रमा घाइते पशुपन्छीको उद्धारका लागि प्राविधिक टोली परिचालन गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले विपद् प्रभावित क्षेत्रमा घाइते पशुपन्छीको उद्धार तथा आकस्मिक उपचार, मृत पशुपन्छीको सुरक्षित व्यवस्थापन र जैविक सुरक्षाका लागि औषधि तथा उपचार सामग्रीसहितको प्राविधिक टोली परिचालन गरेको हो।
मन्त्री गीता चौधरीले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत जिल्लाका नदी तटीय क्षेत्रमा प्राविधिक टोली परिचालन गर्नुभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)