सूर्यलाई जल चढाउने ठाउँ यसरी बन्यो पर्यटकीय गन्तव्य
tourismface.com · Fri Jul 17 09:27:33 GMT 2026

इलाम । कुनै समय उदाउँदो सूर्यलाई अर्घ (जल)चढाउन साधुसन्त, लामागुरु र श्रद्धालुको घुइँचो लाग्ने इलामको श्रीअन्तु आज पूर्वी नेपालको व्यस्त पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ । चार दशकको अवधिमा गौचरन र भैँसी चरन क्षेत्रबाट आधुनिक पर्यटकीय केन्द्रमा रूपान्तरण भएको अन्तुमा अहिले दैनिक औसतमा दुई हजारसम्म पर्यटक पुग्ने गरेका छन् ।
स्थानीय धनकुमार आलेका अनुसार विगतमा अन्तुडाँडामा अधिकांश मानिस धार्मिक उद्देश्यले आउँथे । उनीहरू कलशमा चोखो पानी बोकेर उदाउँदो सूर्यलाई अर्घ चढाउँथे र भाकल पूरा भएको विश्वास गर्दै फर्कन्थे । अहिले भने पर्यटक सूर्योदयको दृश्य हेर्ने, तस्बिर तथा भिडियो खिच्ने, अन्तुपोखरीमा घुम्ने र साङ्गीतिक मनोरञ्जनमा रमाउने उद्देश्यले आउने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)