म्याग्दीमा रास्वपाका तीन पालिकामा नयाँ नेतृत्व चयन
gorkhapatraonline.com · Tue Jun 02 04:08:23 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीले जिल्लाका ६ वटा पालिकामध्ये तीन वटा पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । रास्वपा जिल्ला उपसभापति छवी आचार्यका अनुसार बेनी नगरपालिका, रघुगङ्गा गाउँपालिका र मङ्गला गाउँपालिकामा नयाँ नेतृत्व चयन गरिएको हो । जिल्लाका ४५ वटा वडामध्ये २५ वटा वडा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भइसकेको छ ।
जिल्ला उपसभापति आचार्यका अनुसार बेनी नगरपालिकाको प्रथम नगर अधिवेशनबाट सभापतिमा राजबहादुर केसी, उपसभापतिमा यादव सुवेदी, सचिवमा काशिराम घिमिरे र सहसचिवमा जमुना केसीसहित ९ सदस्यीय कार्यसमिति चयन भएको छ । अन्य पदहरू सर्वसम्मत भए पनि सभापति पदका लागि सहमति नभएपछि मतदान प्रक्रियाबाट टुङ्गो लगाइएको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)