मेस्सी र यमालको चर्चित तस्वीर खिचेका फोटोग्राफर भन्छन्– मेरो मन दुई टुक्रा भइरहेको छ
shilapatra.com · Fri Jul 17 09:25:02 GMT 2026
विश्व फुटबलका सर्वकालीन महान् खेलाडी लियोनल मेस्सी र बार्सिलोनाको नयाँ पुस्ताका स्टार लामिन यमाल पहिलोपटक प्रतिस्पर्धात्मक खेलमा आमनेसामने हुँदै छन् । आइतबार राति विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिना र स्पेनबीचको खेलमा यी दुई खेलाडीबीचको बहुप्रतीक्षित भिडन्त हुने भएको हो ।
३९ वर्षीय मेस्सी र १९ वर्षीय यमालबीच उमेरमा दुई दशकको अन्तर भए पनि उनीहरूबीचको सम्बन्ध निकै रोचक छ । उनीहरूको पहिलो भेट भने मैदानमा नभई सन् २००७ मा भएको थियो । त्यतिबेला बार्सिलोनाका युवा खेलाडी रहेका मेस्सीले केवल पाँच महिनाका शिशु रहेका यमाललाई काखमा लिएको र नुहाइदिएको तस्वीर अहिले विश्वभर चर्चाको विषय बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)