एन्डी बर्नहम बेलायतको लेबर पार्टीको नेता बन्दै, सोमबार प्रधानमन्त्री बन्ने
baahrakhari.com · Fri Jul 17 09:27:21 GMT 2026

काठमाडौं । बेलायतको सत्तारूढ लेबर पार्टीका सांसद एन्डी बर्नहम शुक्रबार औपचारिक रूपमा पार्टीको नेता बन्ने भएका छन्।
यससँगै उनी आउँदो सोमबार बेलायतको प्रधानमन्त्री नियुक्त हुने बीबीसीले जनाएको छ ।लेबर पार्टीले आज (शुक्रबार) पदबाट बाहिरिन लागेका प्रधानमन्त्री कियर स्टारमरको उत्तराधिकारी चयनको नतिजा सार्वजनिक गर्ने कार्यक्रम छ ।नेतृत्व चयनमा बर्नहम एकमात्र उम्मेदवार छन् । बिहीबार रातिसम्म उनले हाउस अफ कमन्सका ४०३ जना लेबर सांसदमध्ये ३७९ जनाको समर्थन प्राप्त गरिसकेकाले पार्टीको नेता र भावी प्रधानमन्त्रीका रूपमा उनको घोषणा औपचारिकता मात्र रहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)