३ अर्बको आइपीओ ल्याउने तयारीमा रहेको रिद्धि सिद्धि सिमेन्टको नाफा २ करोड, ९ महिनाको आम्दानी ३ अर्ब ८९ करोड
aarthiknews.com

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्कासनको अनुमति पर्खिरहेको रिद्धि सिद्धि सिमेन्टले आर्थिक वर्ष २०८१/८२ (सन् २०२५) मा ५ अर्ब ९८ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ (सन् २०२४) मा ५ अर्ब ८१ करोड २० लाख रुपैयाँ, सन् २०२३ मा ५ अर्ब ४६ करोड ७० लाख र सन् २०२२ मा ६ अर्ब ४८ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
गत आर्थिक वर्ष (२०८२-८३) को नौ महिनामा सिमेन्टले ३ अर्ब ८९ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको रेटिङ एजेन्सीले जनाएको छ । कम्पनीको सञ्चालन आम्दानीको मार्जिन घटेर करिब १९ प्रतिशतमा झरेको छ भने खुद नाफा २ करोड रुपैयाँमा सीमित रहेको प्रतिवेदनमा उल्लेख छ । कच्चा पदार्थको लागत र बिक्री खर्च बढेका कारण कम्पनीको इबीआइटी मार्जिन घटेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)