बर्ड फ्लु संक्रमण फैलिएपछि बन्द भएको चिडियाखाना सञ्चालनमा
clickmandu.com · Fri Jul 17 09:34:12 GMT 2026

काठमाडौं । बर्ड फ्लु संक्रमण फैलिएपछि करिब एक महिनादेखि बन्द ललितपुरको जावालाखेलस्थित सदर चिडियाखाना शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।
५ असारदेखि बन्द चिडियाखाना संक्रमण नियन्त्रणमा आएपछि अवलोकनका लागि खुलाइएको हो । काग मरेको र परीक्षण गर्दा पोजेटिभ देखिएपछि चिडियाखाना बन्द गरिएको थियो । बर्ड फ्लुका कारण चिडियाखानामा ४१ वटा पशुपंक्षी मरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)