सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह
kendrabindu.com · Fri Jul 17 09:38:20 GMT 2026

काठमाडौं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम सम्पत्ति विवरण बुझाउन स्मरण गराएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथाबमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को उपदफा (१) को प्रयोजनार्थ सङ्घीय संसद्का सदस्यहरूलाई आर्थिक वर्ष २०८२/८३ समाप्त भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)