विनियोजनको आधा पनि भएन विकास खर्च
onlinekhabar.com · Fri Jul 17 09:43:05 GMT 2026

१ साउन, काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा कुल विनियोजनको आधा पनि विकास खर्च गर्न नसकेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयको ३२ साउनसम्मको तथ्यांक अनुसार पूँजीगत खर्च ४६.७९ प्रतिशतमा सीमित भयो ।
यस आवमा सरकारले ४ खर्ब ७ अर्ब ८८ करोड पूँजीगत खर्चको लक्ष्य राखेको थियो । तर, आर्थिक वर्षको अन्तिम दिनसम्म १ खर्ब ९० अर्ब ८४ करोड रुपैयाँ मात्र विकास खर्च भएको महालेखाको तथ्यांकले देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)