शिक्षामा बजेटको समानुपातिक वितरण आवश्यक : मुख्यमन्त्री भट्ट
annapurnapost.com · Sat Aug 29 09:26:50 GMT 2026

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले शिक्षाको गुणस्तर सुधारका लागि बजेटको समानुपातिक र आवश्यकतामा आधारित वितरण हुनुपर्ने बताएका छन्।
वर्ल्ड भिजनको समन्वयमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय विद्यालय दिवा खाजा सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले शैक्षिक सुधारसँगै विद्यालयका भौतिक पूर्वाधार निर्माणलाई पनि सँगसँगै अघि बढाउनुपर्ने बताए। कतिपय विद्यालयमा आवश्यकताभन्दा बढी भौतिक संरचना निर्माण हुने तर कतिपय विद्यालयमा आधारभूत पूर्वाधारसमेत अभाव रहेको उल्लेख गर्दै उनले असमान अवस्थालाई अन्त्य गर्नुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)