एलपीएलमा नेपालका सन्दीप, दीपेन्द्र र कुशल अनुबन्धित
kendrabindu.com · Tue Jun 02 04:55:57 GMT 2026
काठमाडौं । लंका प्रिमियर लिग (एलपीएल) मा नेपालका तीन क्रिकेट खेलाडीहरू अनुबन्धित भएका छन्। एलपीएलमा क्रिकेटरहरू सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल अनुबन्धित भएका हुन्।
सोमबार सन्दीप र दीपेन्द्रलाई जाफ्ना किंग्सले अनुबन्ध गरेको एलपीएलले जनाएको छ। कुशल भने कोलम्बो क्याप्समा खेल्ने भएका छन्। सन्दीपले २० हजार अमेरिकी डलर पाउँदा दीपेन्द्र र कुशलले समान १५/१५ हजार डलर पाउने छन्। एलपीएलमा पाँचवटा टिम छन्। छैटौँ सिजनका लागि श्रीलंकाका १७९ र अन्य देशबाट २४२ खेलाडी ड्राफ्टमा परेका थिए। खेलाडी दर्ता मे ८ देखि २० सम्म गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)