सुदूरपश्चिममा राजस्व संकलन नरोकिने
ajakoartha.com · Fri Jul 17 10:05:00 GMT 2026

काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशसभाबाट पारित नभए पनि राजस्व संकलन नरोकिने भएको छ । प्रदेशको आर्थिक मामिला मन्त्रालयले आज एक सूचना जारी गरी राजस्व संकलन जारी रहने जनाएको हो ।
बजेटसँगै प्रस्तुत भएको आर्थिक विधेयक-२०८३ पनि प्रदेशसभामा विचाराधीन रहेको र पारित गर्ने समय बिहीबार सकिएकाले यहाँ अन्योलता उत्पन्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)