नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो
barnanmedia.com · Fri Jul 17 10:00:21 GMT 2026

नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढेर दुई हजार ६७७ दशमलव ५४ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव ५१ अङ्कले उकालो लागेर ४६८ दशमलव ३८ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक पाँच दशमलव ४५ अङ्कले बढेर एक सय ८४ दशमलव ०३ मा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)