नेपाल लाइफद्वारा तेह्र अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै नेपालको जीवन बीमा इतिहासमा अर्को ऐतिहासिक कीर्तिमान
ajakoartha.com · Fri Jul 17 10:14:00 GMT 2026

काठमाडौं- २५ वर्षको गौरवमय यात्रामा नेपाल लाइफले रु. १३,००,००,००,०००+ (तेह्र अर्बभन्दा बढी) प्रथम बीमा शुल्क (FPI) आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा पहिलो पटक अर्को ऐतिहासिक कीर्तिमान कायम गरेको छ ।
नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीका रूपमा स्थापित कम्पनीले आफ्नो २५ वर्षको गौरवमय यात्रा (Silver Jubilee) का अवसरमा रु. १३,००,००,००,०००+ (तेह्र अर्बभन्दा बढी) प्रथम बीमा शुल्क (First Premium Income – FPI) आर्जन गर्दै नेपालको जीवन बीमा इतिहासमा नयाँ अध्याय थप्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षमा रु. १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै कायम गरेको ऐतिहासिक उपलब्धिलाई यस वर्ष अझ उचाइमा पुर्याउन सफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)